३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवी आचार्यको शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण



अ+ अ-

भद्रपुर । भद्रपुर नगर क्षेत्रको पहिलो शरीर दान गर्ने व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । भद्रपुर १० स्थित चन्द्रगढीमा घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गरेका थिए । आचार्यको अन्तिम इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।

वि सं २००७ साल अशोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् । वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी संगठन झापाका सदस्य, व्रामण समाज झापाका सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका आचार्य सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारको बिरूद्ध जागरण अभियान समेत चलाउँदै आइरहेका थिए । उनको शनिवार विहान ४.३० वजेतिर हृदयघातका कारण आकस्मिक निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कान्छा छोरा राजकुमार आचार्यका अनुसार बाबुको इच्छा अनुसार शरीर वि पि कोइराला प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यका दुई श्रीमति लक्ष्मी र उमा, ३ छोरा र एक छोरी रहेका छन् । आचार्य परिवारले शरीर दान गरे पनि आचार्यको टुप्पीमा कुशको शरीराकृति बनाएर स्थानीय देउनीया खोलामा दाहसंकारको विधि गरी दशरात्र कर्म सुरू गरेको छ ।




भर्खरै