१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके प्रसाई स्मृति पत्रकारिता सम्मानबाट अधिकारी सम्मानित



अ+ अ-

भद्रपुर । भद्रपुर नेपाल शिक्षक संघ झापाले स्थापनाको ३० औं वर्षको अवसर पारेर उत्कृष्ट सम्मान सम्पन्न गरेको छ । सिके प्रसाई स्मृति प्रतिष्ठान विर्तामोडमा आयोजित कार्यक्रममा संघले शिक्षा पत्रकारिता सम्मानबाट नगद सहित खोजपत्रकारिता मञ्चचन्द्रगढीका अध्यक्ष तथा नागरिक एफ.एम. भद्रपुरका कार्यक्रम संयोजक ईश्वर अधिकारी सहित ८२ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो ।

शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको अध्यक्षता तथा शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक युनियन झापाका पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईलाई अभिनन्दन समेत गरिएको थियो ।

संघका झापा सचिव योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व उपसभापति देउमान थेबे, शिक्षक युनियन झापाका अध्यक्ष बुद्धिमान कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।