२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके प्रसाई स्मृति पत्रकारिता सम्मानबाट अधिकारी सम्मानित



अ+ अ-

भद्रपुर । भद्रपुर नेपाल शिक्षक संघ झापाले स्थापनाको ३० औं वर्षको अवसर पारेर उत्कृष्ट सम्मान सम्पन्न गरेको छ । सिके प्रसाई स्मृति प्रतिष्ठान विर्तामोडमा आयोजित कार्यक्रममा संघले शिक्षा पत्रकारिता सम्मानबाट नगद सहित खोजपत्रकारिता मञ्चचन्द्रगढीका अध्यक्ष तथा नागरिक एफ.एम. भद्रपुरका कार्यक्रम संयोजक ईश्वर अधिकारी सहित ८२ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो ।

शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको अध्यक्षता तथा शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक युनियन झापाका पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईलाई अभिनन्दन समेत गरिएको थियो ।

संघका झापा सचिव योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व उपसभापति देउमान थेबे, शिक्षक युनियन झापाका अध्यक्ष बुद्धिमान कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।