६ आश्विन २०८१, आईतवार
,
Latest
डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति रविलाई पक्राउको हल्लाले पार्टी कार्यालयमा कार्यकर्ताको भिड मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बर्षपछि लाभग्राहीको क्षतिग्रस्त घरको सर्वेक्षण



अ+ अ-

खोटाङ । जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो ।

दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न प्राविधिक खटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए।

भूकम्पले क्षति पु¥याएको घरको निजी आवास अनुदान लिनबाट छुट भएका वास्तविक पीडितका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुनासोकर्ताको निवेदनलाई वडाको सिफारिसका आधारमा क्षतिग्रस्त घरसम्म पुगेर पुनःसर्वेक्षण तथा पुनःजाँचको कार्यक्रम शुरु गरेको हो ।

भूकम्प गएको चार वर्ष बित्दासमेत वास्तविक भूकम्पपीडितले लाभग्राहीको सूचीमा छुटेको, लाभग्राहीको सूचीमा नपारेको, घर पास नगरिदिएको लगायतका गुनासो गरिरहेका बेला पुनःसर्वेक्षण तथा पुनःजाँचको कार्यक्रम शुरु गरिएको प्राधिकरणले जनाएको छ । आठ हजार ४४३ कूल लाभग्राही रहेकामध्ये हालसम्म आठ हजार ३३१ लाभग्राहीले मात्र अनुदानका लागि सम्झौता गरेको कार्यालयले जनाएको छ ।