१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैतडीमा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु, आफन्तले शव उठाउन मानेनन्



अ+ अ-

वैतडी । वैतडीको पाटन–६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त पन्तको मृत्यु भएको थियो ।

छोरालाई पक्राउ गर्न खोज्ने क्रममा अवरोध गरेपछि सामान्य लाठी प्रहार गरेर प्रहरीले कुटपिट गरेको आरोप लगाएका हुन् । इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक इन्द्र गिरीले प्रहरीले वृद्धमाथि कुटपिट गरेको स्वीकारेका छन् ।

पन्तको कसरी मृत्यु भयो भन्ने विषय पोष्टमार्टमपछि मात्रै खुल्छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डीएसपी नेत्रमणि गिरीले प्रहरीको कुटाइबाट पन्तको मृत्यु भएको देखिए दोषीमाथि कारबाही हुने आश्वसन दिए ।

प्रहरीमाथि अनुसन्धानको माग गर्दै स्थानीय र आफन्तले मृतक पन्तको शव उठाउन मानेका छैनन् ।