२२ कार्तिक २०८१, बिहीबार
,
Latest
टी-२० विश्वकप छनोटः कुवेतमाथि नेपालको शानदार जित गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश,  ‘लाहुर’ जान हिडेका कलाकार बने निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण भौतिक मन्त्रालयद्वारा निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी,अझै ३ अर्ब ६६ करोड बाँकी टी-२० विश्वकप छनोट: नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ नागढुंगाबाट आधा केजी सुनसहित एक युवक पक्राउ जनकपुरमा छठ मनाउनेहरुको भीड डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ को काम धमाधम



अ+ अ-

तनहु । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण शुरु गरेको हो ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक अच्युतबाबु घिमिरेले दोस्रो प्याकेजअन्तर्गतको कामका लागि पूर्वाधार निर्माण तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भइरहँदा दोस्रो प्याकेजका कामका लागि कामदार परिचालित भएर तीव्रगतिमा काम भइरहेको छ ।”

सिनो हाइड्रोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानका लागि ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो ।

पहिलो प्याकेजअन्तर्गत नदी फर्काउने र बाँध निर्माणका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्री (सीएमएसी) सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले जेठ २६ गते (जुन ९) सम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान गरेको छ ।

तेस्रो प्याकेजअन्तर्गत विद्युत्गृह तनहुँदेखि चितवनको भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारण लाइन संरचनाको जिम्मा भारतको केइसी इन्टरनेशनल लिमिटेडले जिम्मा पाएको छ ।