१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुव्र्यसनीका घरघरमा प्रहरी



अ+ अ-

वेलवा । गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी गर्यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुव्र्यसनीको पहिचान भएको छ ।

प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएको प्रहरीले दुव्र्यसनीको पहिचान गरेको हो । झण्डै एक हप्ताको प्रयासपछि दुई समूहमा आबद्ध आठ प्रहरीको समूहले ४० दुव्र्यसनी रहेको पत्ता लगाएको थियो । पहिचान भएका दुव्र्यसनीलाई प्रहरीले पक्राउ भने गरेको छैन । लागुऔषध दुव्र्यसनी कम गर्न अभियान चलाएको प्रहरीले दुव्र्यसनी र उनीहरुको परिवारलाई एकै ठाउँमा राखेर परामर्श दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

आफ्नै छोराछोरी दुव्र्यसनीमा लागेको विषयमा जानकारीसमेत नभएको परिवारमा पुगेका प्रहरीले लागुऔषध दुव्र्यसनीको असर र त्यसबाट परिवार तथा समाजमा पर्ने असरका विषयमा जानकारी गराउने गरेको छ । प्रहरीले लागुऔधष प्रयोगकर्तालाई पक्राउ गरेर कारवाही गर्ने कानूनी आधार नभएका कारण उनीहरुको पहिचान गरेर परामर्श दिने गरिएको शर्माले जानकारी दिनुभयो ।

पहिचान भएका सबै दुव्र्यसनी प्रारम्भिक चरणको प्रयोगकर्ता भएकाले उनीलाई पारिवारिक वातावरणबाट सुधार गर्न थालिएको उहाँले बताउनुभयो । अहिले पनि प्रहरीले उनीहरुको घरघरमा पुगेर परिवार र सेवनकर्ता सबैलाई राखेर परामर्श दिने गरेको छ ।

लागुऔधको प्रयोग र व्यापारलाई नियन्त्रण गर्न सशक्त अभियान चलाइरहेको प्रहरीले थप २७ जनाको पहिचान गरेर पक्राउ नै गरेको छ । पक्राउ परेकामध्ये १३ प्रारम्भिक चरणकै प्रयोगकर्ता रहेकाले परामर्शपछि तारेखमा छोडिएका छ भने दुई वर्षभन्दा धेरै निरन्तर लागुऔषध प्रयोग गर्दै आएका छ जनालाई सुधार केन्द्र पठाइएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो ।