२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दही किन्न रेल रोक्दा चालक निलम्बित



अ+ अ-

इस्लामाबाद । पाकिस्तान रेलवेका एक चालकलाई दही किन्नका लागि रेल रोकेको भन्दै निलम्बन गरिएको छ । पाकिस्तानका रेलमन्त्री आजम खान स्वातीले काहना रेलवे स्टेशन नजिकै दही किन्न जाने क्रममा रेल रोक्ने चालक र उनका सहायकलाई निलम्बन गरेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोलाई लिएर मन्त्रीले कारबाही गरेका हुन् । भिडियोमा रेल चालकले रेल रोकेर पसलबाट दही किनिरहेको देखाइएको छ ।

उक्त भिडियो क्लिप सार्वजनिक भएपछि दुर्घटना, यात्रुको सुरक्षा र घट्दो राजस्व जस्ता विभिन्न मुद्दाका कारण समस्यामा परेको रेल विभागको आलोचना भएको थियो । त्यसपछि मन्त्रीले कारबाही गरे र पाकिस्तान रेलवे लाहोर प्रशासनलाई चालक राना मोहम्मद शहजादलाई निलम्बन गर्न आदेश दिए। सहायक चालक इफ्तिखार हुसेनलाई पनि कारबाही गरिएको बताइएको छ ।

मोबाइल फोन प्रयोगमा प्रतिबन्ध

‘म भविष्यमा यस्ता घटना सहने छैन र कसैलाई पनि व्यक्तिगत प्रयोजनका लागि राष्ट्रिय सम्पत्ति प्रयोग गर्न दिने छैन’,  मन्त्रीले चेतावनी दिए। यसअघि डिसेम्बरको सुरुमा पाकिस्तान रेलवेले यात्राका क्रममा लोकोमोटिभ चालक र सहयोगीहरूलाई मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

उनीहरूलाई सबै रेलहरू (यात्रु र सामान) मा सेल्फी लिन, उनीहरूको फोनमा भिडियो र अडियो सन्देशहरू रेकर्ड गर्न पनि रोक लगाइएको थियो। रेलका चालक दलका सदस्यहरू (विशेषगरी चालक र तिनका सहायकहरू) माथि निगरानी राख्न र कसैले आदेशको अवहेलना गरेमा तुरुन्त कारबाही गर्न सम्बन्धित डिभिजन प्रमुखहरूलाई निर्देशन दिइएको छ।