• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने

धनगढी विमानस्थलको अनुगमन



कैलाली । स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम सम्पन्न गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण कम्पनीले स्रोतसाधन प्रयोग गरेर मर्मतलाई गति दिएकाले आशलाग्दो प्रगति देखिएको बताउनुभयो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिले ६० मिटर चौडाइ र एक हजार ८०० मिटर लम्बाइको कालोपत्र धावनमार्ग रहेकामा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ दुईरदुई मिटर फराकिलो बनाउने योजनासमेत रहेको बताइएको छ ।

यस्तै अहिले तीन जहाज पार्किङ व्यवस्था रहेकामा अब थप एक जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ । विमानस्थलमा एप्रोच लाइट र अन्य लाइटहरु, थप सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको जनाइएको छ । विमानस्थलको मर्मत कार्य भइरहेकाले वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म अर्थात् एक महीनाका लागि नियमित हवाई उडान बन्द गरिएको छ ।
धनगढी विमानस्थल नेपालको त्रिभुवन विमानस्थलपछिको ठूलो दोस्रो धावनमार्ग भएको विमानस्थल हो ।