१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो खेलमै सन्दीपले लिए विकेट



अ+ अ-

एजेन्सी । बिग बास लिग (बीबीएल)को पहिलो खेलमै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन् ।

अहिले सिड्नी सिक्सर्स र होबार्ट हुरिकेन्सबीच खेल जारी छ । 

होबार्ट हुरिकेन्सबाट खेलिरहेका लामिछानेले पहिलो खेलमै विकेट हात पार्न सफल भए । 

लामिछानेले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट हात पारे । 

लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

सिड्नीले पहिले ब्याटिङ गरेर हुरिकेन्सलाई १४५ को लक्ष्य दिएको छ । उसले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४४ रन जोडेको हो । 

जवाफी ब्याटिङमा उत्रिएको हुरिकेन्सले यो समाचार तयार पार्दासम्म १० ओभरमा २ विकेटको क्षतिमा ५० रन जोडेको छ ।