१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुन डाँका र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरी । खुन डाँका र कर्तव्य ज्यान गरी २ वटा मुद्दाका फरार प्रतिवादी सुरुङगा नगरपालिका–१० थलाहा बस्ने ६० वर्षीय गुल्जार मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

साविक टिकुलिया गाविस–७ घर भएका सप्तरी साविक कुसहा गाबिस–६ बस्ने ३५ वर्षीय मोहमद सकिल हुसेनले कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सप्तरीका मोहमद आलम मियाँलाई छुटाई दिन्छु भनी उनकी आमा कैली खातुनबाट ३ लाख रुपैयाँ लिई २०६९ असोज १० गते सोही मुद्दा सम्बन्धमा सल्लाह गर्न काठमाडौं जानु पर्छ भनि कैलीका श्रीमान सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई लगेकोमा सोही मितिदेखि हराएका उनीहरुको २०७२ जेठ ६ गते साविक कल्याणपुर गाबिस– ८ स्थित मो. सकिल हुसेन मियाँको कुखुरा फारममा कर्तव्य गरी मारी खाल्डोमा पुरेको अवस्थामा दुवै जनाको शव फेला परेको थियो । 

साथै कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका धिरेन्द्र साहलाई छुटाई दिन्छु भनि उनकी श्रीमती दुलारी देबी साहलाई जग्गा बिक्री गराई ६ लाख रुपैयाँ तयार पारी मो।सकिल हुसेन मियाँले २०७० मंसिर महिनाको पहिलो हप्तातिर धिरेन्द्र साहलाई कारागारमा भेटघाट गर्न दुलारी देबी साहलाई साथमा लिई गएकोमा सोही समयदेखि निज दुलारी साह हराई वेपत्ता भएकोमा २०७२ बैशाख २७ गते सप्तरी साबिक जण्डौल गाबिस–८ स्थित चुरे जंगलको फेदी कुलो कल्भर्टमा दुलारी देवीको शव फेला परेको थियो । 

दुवै घटनामा संलग्न रही फरार गुल्जार मियाँलाई सिरहा सखुवनन्कारकट्टी गाउँपालिका१ महेशवारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।