१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावत गम्भीर अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव फेला



अ+ अ-

एजेन्सी । भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटना भयो । 

घना जंगलमा भएको उक्त दुर्घटनापछि हेलिकप्टरमा आगलागी भयो । भारतीय सेनाका सर्वोच्च कमाण्डर सीडीएस जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित १४ जना सवार थिए । 

हालसम्म ११ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । उक्त शवहरु जलेको अवस्थामा पाइएको बताइएको छ । घटनाको १ घण्टापछि कमाण्डर रावतलाई वेलिंगटनको सैन्य अस्पताल लगिएको छ । 

उनको अवस्था के रहेको छ भन्ने खुल्नमा आएको छैन । केही रिपोर्ट अनुसार उनको अवस्था गम्भीर रहेको बताइएको छ । 

न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेस बाट वेलिंगटन जाँदै थियो । हेलिकप्टर १२ः३५ मा दुर्घटना हुन पुग्यो, अवतरण हुनुपर्ने स्थान दुर्घटना भएको स्थान भन्दा १० किलोमिटर वर रहेको बताइएको छ । 

घटनास्थलमा चिकित्सक, सेनाका कमाण्डर एवं अन्य उद्धारकर्ताहरु लगातार खटिइरहेका छन् । फेला परेका शवको सनाखत गर्ने प्रयास भइरहेको छ । 

कुनै शवहरु पहाडको तल देखा परेको बताइएको छ । हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र जलेको अवस्थामा रहेको छ ।