१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत नीति नियममा समयानुकूल परिमार्जन गर्न आग्रह



अ+ अ-

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको छिटो  आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुमा समयानुकूल परिवर्तन आवश्य रहेको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले बुधबार काठमाडौँमा आयोजित नेपाल अटोमोबाइल डिलर्स् एसोसिएसनको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्न सुझाव दिनुभयो । 

उहाँले यसरी समयानुकूल रुपमा आवश्यक मात्रामा नीतिनियम र कानुनमा परिवर्तन गर्न सकिएमा आम नागरिकलाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य पनि हासिल हुने बताउनुभयो ।

अटोमोबाइल क्षेत्रको मात्र नभएर समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबै पक्षलाई फाइदा पुग्ने र यसका लागि राज्यले अग्रसरता लिनुपर्ने उहाँको भनाइ थियो । 

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथै निर्यात बढाउनेतर्फ पनि विशेष पहल गर्नुपर्ने बताउनुभयो । अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका र यसमा विस्तार गरी चारपाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने उहाँले बताउनुभयो । 

नेपालको बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै उहाँले औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुली उपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताउनुभयो ।

उहाँले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गर्नुभयो । सवारी साधन विलाशिताको वस्तु मात्र नरहेको बताउँदै उहाँले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताउनुभयो ।