२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या



अ+ अ-
फाइल तस्बिर

धनकुटा । बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-२ का २५ वर्षीय घनेन्द्र लिम्बू रहेका छन् ।

प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूलाई घनेन्द्रले आफ्नो बहिनीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको बताए ।

छुरी प्रहारबाट सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा पठाइएको छ ।