१४ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रर्वद्धनका लागि शैलुङमा मिनी ग्रेटवाल



अ+ अ-

चरीकोट । दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धनका लागि मिनि ग्रेटवाल निर्माण सुरु भएको छ । दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ् वेसक्याम्प मानिने कालापानीदेखि शैलुङडाँडासम्म मिनि ग्रेटवाल निर्माण गर्न थालिएको हो । 

महत्वपूर्ण पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङडाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको निर्माण गर्न लागिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो । 

दोलखाको शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा मिनि ग्रेटवाल निर्माण गर्न रु पाँच करोड लागत व्यवस्था गरिएको छ । कूल लागतमा सङ्घीय सरकार अन्तर्गत संस्कृित पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको रु तीन करोड ५० लाख छ भने शैलुङ गाउँपालिकाले रु एक करोड ५० लाख रकम लगानी गरेको छ । पाँच सय मिटर कालापानी मिनी ग्रेटवालको गत सोमबार गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शिलान्यस गर्नुभयो । यो वालको निर्माण एक वर्षभित्र गरिने छ । 

दोलखा र रामेछापको सिमानामापर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ । हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङडाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ । गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिसकेको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको शैलुङ क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा रहेकामा पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रुपमा विकास हुँदै गएको छ । यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङडाँडाको भ्रमण गर्न सकिन्छ ।