२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्ते प्रकरण : राजपाका दुई नेता जेल चलान



अ+ अ-

राजविराज । पूर्व सासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् ।

सरकारी कागजात र छाप किर्ते गरी उपभोक्ता समिति बनाएर सरकारी बजेट हिनामिना गरेको आरोपमा पूर्वसभासद बीपी यादव र राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डललाई सप्तरी प्रहरीले गत बैशाख ९ गते पक्राउ गरेको थियोकिर्ते आरोपमा राजपा नेता यादव र मण्डल पक्राउ


यो पनि

http://newspolar.com/2019/04/87557

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासमा आइतबार र सोमबार भएको थुनछेकको बहसपछि यादव र मण्डललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो।

सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरी उपभोक्ता समिती गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि मुद्धा दायर गरिएको थियो ।


यो पनि