७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

७२ वर्षको उमेरमा नागरिकता बनाइन् ढुरल्याले



अ+ अ-
This image has an empty alt attribute; its file name is Nepali-Nagrikta-Citizenship.jpg

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाएकी छिन् । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए।

ती वृद्धाले एकै पटक जन्मदर्ता गराउनाका साथै नागरिकता पनि लिएको जानकारी दिँदै उनले नागरिकताको महत्वबारे थाहा नहुँदा बोहराजस्ता वृद्ध भत्ता पाउने उमेरसम्म पनि नागरिकता विहीन रहेको पाइएकाकाले नै त्यस्ता नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

दुईदिने सो शिविरमा २६७ ले नागरिकता बनाएकामा महिला १४४ र पुरुष १२३ रहेको उक्त कार्यालयले जनाएको छ । सो शिविरमा २५९ जनाले फोटोसहितको मतदाता नामावलीको फारम भरेका छन् । शिविरमा वडा नं ५, ६, ११ र १२ का बासिन्दा सहभागी थिए ।