१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्याकाण्ड : प्रहरीको अनुसन्धानमाथि प्रश्न, हत्या एकले गरेको होइन



अ+ अ-

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे हत्याकाण्डमा मारिएका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। दुई परिवारका नौ जनाको हत्या एक जनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरुको आरोप छ।

आफन्तले हत्यामा अन्यको पनि संलग्नता भएको दाबी गरेका छन्। आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा उत्रिने मृतकमन आफन्त शान्त लिम्बुले चेतावनी दिइन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका बेला ठूलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको पनि आरोप लगाए।

हत्याराले बनाएको पहिले देखिको योजनाप्रति प्रहरीले वेवास्ता गरेको उनीहरुको भनाई छ । प्रहरीले खानामा सिसा मिसाएको घटना अनुसन्धान नगर्दा सामुहिक हत्या हुन पुगेको मृतकका आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले बताए।

‘सिसा काण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान नगर्दा सामुहिक हत्या भयो,’ उनले भने, ‘वास्तविक छानबिन र प्रगतिबारे जानकारी नदिएसम्म शव जिम्मा लिदैंनौं।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।