१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा उपचारका लागि सिंगापुर उडे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्।

लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन्। खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर गएका हुन्।

देउवासँग पत्नी आरजु राणा पनि गएकी छन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन्। देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ।