१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन ‘प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल’ तालिम



अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं १ को इलाम जिल्लामा आजबाट तालिम सुरु गरिएको बोर्डले जनाएको छ । इलाम नगरपालिकासँगको सहकार्य भएको तालिममा  प्रदेशका आठ जिल्लाका २५ ब्यवसायीको सहभागिता छ ।
    
तालिम डिजिटल माध्यमबाट व्यवसायको प्रवद्र्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढङ्गले प्याकेजिङ गर्न सिकाउने गरी तयार गरिएको छ । सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने हेतुले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायीसँग निरन्तर  सहकार्य गरिरहेको छ । 

तालिम यही फागुन २७ मा समापन हुनेछ । तालिमको दौरान कम्तीमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिकसमेत गरिने जनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारु हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्षजनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रको डिजिटल पहुँच बढाउन, स्थानीयवासीलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास बोर्डले लिएको छ ।
    
यसअघि फागुन २० देखि २२ सम्म भैरहवामा लुम्बिनी प्रदेशका चालिस व्यवसायीलाई सो विषयमा तालिम दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । रासस