१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा पवन चाम्लिङको साम्राज्य ढल्यो



अ+ अ-

सिक्किम। २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक सिक्किममा ढलेको छ । चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो ।

सिक्किममा ३२ वटा विधानसभा क्षेत्रमध्ये छन् । चाम्लिङ नेतृत्वको एसडीएफ यस चुनावमा १५ सिट जित्न सफल भयो । एसकेएमले १७ सिटमा जित निकालेको छ ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।

चाम्लिङ यसअघि सिक्किम संग्राम परिषदमा थिए । उनले तत्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग लामो समय काम गरेका थिए ।

सन् १९८५ मा उनी संग्राम परिषदको टिकबाट पहिलो पटक विधायक बने । सन् १९९४ मा उनले आफ्नो पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट बनाएका थिए ।

सन् २००९ को विधानसभा चुनावमा चाम्लिङको पार्टीले सबै ३२ सिटमा जीत हासिल गरेको थियो । कूल भोटमा उनको ६६ प्रतिशत हिस्सेदारी थियो ।

सन् २००४ मा पार्टीले राज्यको ३२ मध्ये ३१ सिट जितेको थियो भने एउटा सिट काँग्रेसले पाएको थियो ।