१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीआरआईबारे अमेरिकी टिप्पणी भ्रमपूर्णः चीन



अ+ अ-

काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत लगानी भित्र्याउने मुलुक ऋणको दुश्चक्रमा फस्ने भन्ने अमेरिकी टिप्पणीलाई चीनले ‘भ्रमपूर्ण’ भनेको छ । उसले अमेरिकाको यो टिप्पणी नपत्याउन आग्रहसमेत गरेको छ ।

‘चीनको लगानीले कुनै पनि मुलुक ऋणको दुश्चक्रमा परेको प्रमाण छैन,’ नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘त्यसैले चीनको लगानीका सम्बन्धमा अमेरिकी धारणा भ्रमपूर्ण छ ।’

काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरूले चीनको लगानी नेपालको पनि हितमा हुनुपर्ने सर्तमा मात्रै आउनुपर्ने भन्दै श्रीलंकालगायत मुलुकमा ‘बीआरआई’ ले निम्त्याएको ऋणको शृंखला दोहोरिन सक्ने चेतावनी दिँदै आएको कान्तीपुर दैनिकमा समाचार प्रकाशित छ ।