१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा हवाई आक्रमणमा चौध जना सर्वसाधारण मारिए



अ+ अ-

काबुल । राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो ।

अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन (युनामा)ले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना बालबालिका रहेको जनाएको छ ।

युनामाले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका हवाई आक्रमणबाट सर्वसाधारणको मृत्यु हुनेक्रम निरन्तर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । ट्वीटमा भनिएको छ – कुनै पनि किसिमको नोक्सानीबाट नागरिकको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय रुपमै व्यक्त प्रतिबद्धता हो र त्यसलाई सबै पक्षले सम्मान गरिनु पर्दछ ।

अफगान सुरक्षाफौजसँग रहेको हवाई क्षमता कमजोर रहेकाले अधिकांश आक्रमण अमेरिकी सेनाले गरिरहेको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले भने यसबारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार सन् २०१८ मा अमेरिकी फौजले अफगानिस्तानमा सात हजार ३६२ थान बम खसालेको थियो । यो संख्या सन् २०१० पछि सबैभन्दा ठूलो हो ।

गत मे १६ मा दक्षिण अफगानिस्तानमा अमेरिकी सेनाले भूलवस गरेको हवाई आक्रमणमा कम्तीमा आठ जना प्रहरी अधिकृतको ज्यान गएको थियो ।