५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा हवाई आक्रमणमा चौध जना सर्वसाधारण मारिए



अ+ अ-

काबुल । राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो ।

अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन (युनामा)ले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना बालबालिका रहेको जनाएको छ ।

युनामाले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका हवाई आक्रमणबाट सर्वसाधारणको मृत्यु हुनेक्रम निरन्तर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । ट्वीटमा भनिएको छ – कुनै पनि किसिमको नोक्सानीबाट नागरिकको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय रुपमै व्यक्त प्रतिबद्धता हो र त्यसलाई सबै पक्षले सम्मान गरिनु पर्दछ ।

अफगान सुरक्षाफौजसँग रहेको हवाई क्षमता कमजोर रहेकाले अधिकांश आक्रमण अमेरिकी सेनाले गरिरहेको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले भने यसबारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार सन् २०१८ मा अमेरिकी फौजले अफगानिस्तानमा सात हजार ३६२ थान बम खसालेको थियो । यो संख्या सन् २०१० पछि सबैभन्दा ठूलो हो ।

गत मे १६ मा दक्षिण अफगानिस्तानमा अमेरिकी सेनाले भूलवस गरेको हवाई आक्रमणमा कम्तीमा आठ जना प्रहरी अधिकृतको ज्यान गएको थियो ।