१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनदेखि युरो ४ स्तरका गाडी मात्रै आयात



अ+ अ-

काठमाडौं । सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कार्यदलले प्रतिवेदन बुझाएलगत्तै मन्त्रिपरिषद्बाट पारित भएपछि युरो ४ गाडी मात्रै आयात गरिन्छ,’ सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने । तर, युरो ४ मापदण्ड कहाँ र कस्ता गाडीमा लगाउने भन्ने विषयमा विवाद भइरहेको छ ।

व्यवसायीहरू पहाडी क्षेत्रमा चल्ने सवारीमा यस्तो मापदण्ड लगाउन नहुने लबिङ गरिरहेका छन् । वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि पहाडी क्षेत्रका यात्रुलाई समस्या हुन सक्ने भएकाले उपत्यकाभित्र आयात हुने गाडीलाई मात्र युरो ४ मापदण्ड लागू गरिने बताएका छन् । तर, सरोकारवाला निकायले भने अलगअलग मापदण्डका आधारमा आयात गर्दा नियमन गर्न कठिन हुने बताएका छन् ।

व्यवसायीहरूले विकास निर्माणका सामग्री र कृषिसम्बन्धी औजार आयातमा युरो ४ लागू नगर्न चर्को दबाब दिइरहेको सहसचिव ढुंगानाले जानकारी दिए । ‘हामीलाई विकासविरोधी भन्ने आरोप लाग्न सक्छ, त्यसैले विकास निर्माण र कृषि औजारमा युरो ४ लागू गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘तर, सरकारी, निजी र सार्वजनिक सवारीसाधनमा भने कडाइका साथ मापदण्ड लागू गर्छौँ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै