६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गान्धीको राजीनामा अस्वीकृत, पार्टीका लागि नेतृत्व र मार्गदर्शनक आवश्यक रहेको नेताहरुको ठहर



अ+ अ-

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

कंग्रेसले जम्मा ५२ सिटमा जितहासिल गरेपछि गान्धीले ‘अपेक्षित चुनावी परिणाम नआउनुमाआफू मुख्य जिम्मेवार रहेको भन्दै राजीनामा दिएका थिए ।

गान्धीले यसअघि ‘आफू कंग्रेसको अनुशासित सिपाही भएको तर अध्यक्षको जिम्मेवारीमा नबस्ने निर्णय गरेको’ उल्लेख गर्दै राजीनामा दिएका थिए । राजीनामा पेस गर्ने क्रममा गान्धीले भनेका थिए, ‘कंग्रेस अध्यक्ष गान्धी परिवारबाटै हुनुपर्ने कुनै आवश्यकता छैन ।’

कंग्रेस प्रवक्ता रन्दिप सुर्जेवालाले ‘पार्टी कार्यसमिति सदस्यले गान्धीको राजीनामा अस्वीकृत गरेको’ बताए । उनका अनुसार कार्यसमितिका अधिकांश सदस्यले ‘पार्टीका लागि राहुलको नेतृत्व र मार्गदर्शनक आवश्यक रहेको’ बताएका थिए ।