१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन



अ+ अ-

बैङ्कक – थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको जनाइएको छ ।

पूर्व प्रधानमन्त्री प्रेमको सन् १९२० को अगस्त २६ तारिखका दिन जन्म भएको थियो । उहाँ सोङख्ला प्रान्तका स्थानीय बासिन्दा भएपनि सिसाओमा लामो समय बस्नु भएको थियो । थाइल्याण्डको पूर्व सेनापति समेत रहनु भएका प्रेम सन् १९८० देखि १९८८ सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।