२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना



अ+ अ-

ब्राजिल । ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्।

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई 'हरेक दिन राम्रो' भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।

तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।

गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण 'एक प्रकारको डिप्रेसन' सँग लडिरहेका छन् ।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन् । उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए। (रासस-एएनआई-सिन्ह्वा)