१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

मोदीको नारा : ‘जो जितेर आएका छन् उनीहरु मेरा’

मोदीको नारा : ‘जो जितेर आएका छन् उनीहरु मेरा’
अ अ+ अ-

काठमाडौं । नरेन्द्र मोदी शनिबार भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)को नेता सर्वसम्मतिले चुनिएका छन् ।

संसदको केन्द्रीय कक्षमा नवनिर्वाचित सांसद र वरिष्ठ नेताहरुको बैठकले मोदीलाई नेता चुनेको हो ।

अब मोदी नयाँ सरकार गठनको दावी पेश गर्न राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन् । यसपछि मोदीलाई नयाँ प्रधानमन्त्रीको रुपमा शपथ गराइनेछ । शपथग्रहण समारोह आगामी साता आयोजना गरिने सम्भवाना रहेको छ ।

मोदीको चुनाव मात्र औपचारिकता थियो किनभने राजगले पहिले नै उनलाई गठबन्धनबाट प्रधानमन्त्री पदको दाबेदार घोषित गरेका थिए ।

नरेन्द्र मोदीले नवनिर्वाचित लोकसभा ससदस्यहरुलाई आफूनलाई बदल्न सुझाव दिए । उनले भने, ‘भीआइपी संस्कृतिसँग देशलाई ठूलो आक्रोश छ । हामी नागरिक हौँ भने उनीहरुसँग लाइनमा किन बस्न सक्दैनौँ । म चाहन्छु कि हामीले जनतालाई ध्यानमा राख्दै आफूहरुलाई बदलौँ । गाडीबाट रातोबत्ति हटाउँदा कुनै आर्थिक फाइदा भएन तर जनताको बीचमा राम्रो सन्देश गयो ।’

उनले भने, ‘यस देशमा धेरै नरेन्द्र मोदीको जन्म भएको छ । जो जितेर आएका छन् । उनीहरु सबै मेरा हुन् ।’

उनले नयाँ सदस्यहरुलाई भीआइपी संस्कृतिबाट बच्न सुझाव दिए ।

५४२ सिटको लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३ सय ३ सिटमा जीत हासिल गरेको छ भने कँग्रेस ५२ सिटमा समेटिएको छ ।