९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई ९ वर्ष छ महिना कैद



अ+ अ-

हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत भदौ ११ गते बालिकालाई बलात्कार गरेका एक युवालाई ९ वर्ष छ महिना कैद सजाय सुनाएको छ ।

न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

थापामगरले भदौ ११ गते बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको भन्दै उनि बिरुद्ध मुद्दा दायर गरिएको थियो ।

तिवारीका अनुसार दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश दिएको छ ।