६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका खातामा १ अर्ब भारतीय रुपैयाँ भेटियो



अ+ अ-

कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ (एनटीजे) सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो ।

एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो । डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न जाहरान हासिमलाई पनि गिरफ्तार गरिएको छ ।

पक्राउ परेकाहरुमा एक जना होरोपथाना डिभिजनल सेक्रेटारिएटमा कार्यरत विकास अधिकृत, एक जना सरकारी स्कुलका शिक्षक, दुई जना किविलेकाडास्थित अरेबिक कलेजका शिक्षक तथा एक जना केबिथिगोल्लेवाका रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुले अनुराधापुरा र ट्रिन्कोमालीमा चरमपन्थी प्रशिक्षण दिएका थिए । प्रहरीका अनुसार उनीहरुले दुई वर्षअघि होरोपाथानाको जंगलमा शस्त्र चलाउने सम्बन्धी तालिम पनि लिएका थिए ।


गत अप्रिल २१ मा श्रीलंकाका गिर्जाघर र होटलहरुमा भएका बम आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।