५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टस् अवार्डको १६औँ संस्करण असारमा



अ+ अ-

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डको १६औँ संस्करण आगामी असार १७ गते हुने भएको छ ।

खेल क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिने सो कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।

यस वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवाड, लाइफटाइम एचिभमेन्ट अवाड, टिम अफ द इयर र इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्रदान गरिने उनको भनाइ थियो

वर्ष खेलाडी महिला र पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन छिट्टै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।त्यस्तै अन्य विधाका विजेताले जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै मञ्चले अवार्डका मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग आज सम्झौता नवीकरण गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराजतर्फबाट अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार यसपटक हंशराज हुलासचन्दले मञ्चलाई रु साढे २८ लाख बराबरको नगद र जिन्सी सामान उपलब्ध गराउनेछ ।