१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर : दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । आज कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको रु चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट रु चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर रु दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भए ।

ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३.४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३.०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३.०३ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रो पावर ९.७५, हिमालयन डिस्टिलरी ७.९०, राधी विद्युत् कम्पनी ६.८१, अरुण काबेली पावर ६.३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६.२७ प्रतिशतले गुमाए ।