६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने भगौडा प्रहरी पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले आईतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो ।

३० वर्षीय खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरूले वनस्थलीस्थित सनराइज बेकरी सपका सञ्चालकसँग आफूहरू प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरूले ठगी गरी बैंकमा राखेको १ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।