६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान, जमान र विश्वास भएको मान्छे हुँ, हल्लाका पछाडि नलाग्नुस् : पौडेल



अ+ अ-

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव महासचिव विष्णु पौडेलले जनताको भावनामा कुठाराघात गर्ने काम कहिल्यै नगर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र बुटवलमा आइतबार आयोजित कार्यक्रममा ‘जनताको परीक्षणबाट उत्तीर्ण भएको हुँ ।’ उनले भने ‘जनताको भावनामा कुठाराघात गर्ने र यहाँका जनताको शिर झुक्ने काम कहिल्यै गर्ने छैन् ।’

पौडेलले इमान, जमान र विश्वास बेच्ने मान्छे आफू नभएको भन्दै विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे।

जनताले दिएको अभिमतको दुरूपयोग गर्ने काममा कहिल्यै नलागेको र अबका दिनमा पनि नलाग्ने उनको दाबी छ।