२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान गोली काण्ड (अपडेट) : लुटेरा खोज्दै प्रहरी, रकम लुटेको बयान



अ+ अ-

इनरुवा । धरानमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएपछि प्रहरीले सुनसरी, मोरङ र धनुकुटा क्षेत्रमा चेकजाँच बढाएको छ ।

मोटरसाइकलमा रहेको समूहले गच्छदारमाथि धरानको साउने भन्ने स्थानमा गोली हानी रकम लुटेको सुनसरी प्रहरीले जनाएको छ ।

घाइते गच्छारको बयानका आधारमा बाटोबाट फर्किदै गरेको अवस्थामा जङगलमा लुकेर बसेको समूहले चेकजाँच गर्नु छ भनि मोटरसाइकल रोकेका थिए। ब्याग खानतलासी गर्नु छ भनि खोस्न खोज्दा नदिएपछि गच्छदारको टाउकोमा हिर्काएको र गोली हानि रकम लुटेर भागेको बताइएको छ ।

गच्छदारको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।