१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको सुकेधारा र घट्टेकुलोमा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु (अपडेट)



अ+ अ-

काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधारा र घट्टेकुलो दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएको छ ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। पोखरेलका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

यस्तै, घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।