१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृद्धभत्ता लिन बोकेरै सदरमुकाम, फर्कन २ दिन



अ+ अ-

मकवानपुर । सरकारले सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको खातामै हालिदिने नीति लिएपछि वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता लिन बैंकमै धाउनुपर्ने भएको छ। सदरमुकाम हेटौंडामा बैंक खाता खोलेर वृद्धभत्ता लिन हेटौंडा झरेकी वैकुण्ठकी ८० वर्षीया सीता थिङलाई फर्कन २ दिन लाग्यो। थिङजस्ता धेरै वृद्धवृद्धा सदरमुकाम वृद्धभत्ता लिन आउन सक्दैनन्।

गाउँपालिकाको पहलमा कालिकाटारमा सानिमा बैंकको शाखा खुलेको छ। ‘गाउँपालिकाको केन्द्र आउन वृद्धवृद्धालाई दुई दिनसम्म हिँड्नुपर्ने भएपछि गाउँपालिकाले प्रत्येक वडामा पुगेर वृद्धभत्ता बाँड्ने निर्णय गर्‍यो’, गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘तर भौगलिक विकटताले गर्दा प्रत्येक वडामा वृद्धभत्ता बाँड्न टोली खटाउँदा पनि वृद्धवृद्धाले दिनभर हिँड्नुपर्ने बाध्यता छ।’

वृद्धभत्ता लिन आएकी कैलाश गाउँपालिका–१ केउरेनीकी ९३ वर्षीया सानीमाया मोक्तानको वृद्धभत्ता लिन खोलाखर्क आउने क्रममा बारीको कान्लाबाट लडेर हात मर्कियो। राम्ररी आँखा नदेख्ने उनले दुखेसो पोख्दै भनिन्, ‘आँखा पनि राम्ररी देख्दिनँ, केही पैसा भयो भने पनि औषधि खान पुग्छ तर सरकारले पैसा लिन धेरै दुःख दियो।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।




भर्खरै