६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमसिंह तामाङ बने सिक्किमको छैठौं मुख्यमन्त्री, पवन चाम्लिङले गरे बहिस्कार



अ+ अ-

काठमाडौं । प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले बिहान राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

मूख्यमन्त्रीसँगै आजै उनको मन्त्रीपरिषद् पनि गठन हुनेछ। उनको ११ सदस्यीय मन्त्रीपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन्।

भ्रष्टाचारी ठहर व्यक्ति मुख्यमन्त्री बनेको भन्दै चाम्लिङ नेतृत्वको पार्टीले भने उनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छन् ।

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइदिएका थिए ।


गत बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो।

गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा १७ सिट जितेको थियो । सन् २०१४ मा २२ सिट जितेको फ्रन्ट भने यस पटकको चुनावमा १५ सिटमा खुम्चिएको थियो ।

पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर प्रेमसिंहले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए । उनी चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मा एक वर्षसम्म जेल परेका थिए ।

गोलेले यसपटकको विधान सभामा तथा लोकसभामा उम्मेदवार बनेका थिएनन्। उनको निर्वाचन क्षेत्रबाट उनका छोरा आदित्य गोले निर्वाचित भएका छन्।

भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मूख्यमन्त्री बन्न पाउने प्रावधान छ। त्यसै प्रावधान अन्तरगत प्रेमसिंह मूख्यमन्त्री भएका हुन्। यसरी ६ महिनासम्मका लागि मूख्यमन्त्री बन्न पाइन्छ तर ६ महिनाभित्रमा विधानसभामा सदस्य नभए मूख्यमन्त्री पद जान्छ।

उनका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन्।