१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

प्रेमसिंह तामाङ बने सिक्किमको छैठौं मुख्यमन्त्री, पवन चाम्लिङले गरे बहिस्कार

प्रेमसिंह तामाङ बने सिक्किमको छैठौं मुख्यमन्त्री, पवन चाम्लिङले गरे बहिस्कार
अ अ+ अ-

काठमाडौं । प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले बिहान राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

मूख्यमन्त्रीसँगै आजै उनको मन्त्रीपरिषद् पनि गठन हुनेछ। उनको ११ सदस्यीय मन्त्रीपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन्।

भ्रष्टाचारी ठहर व्यक्ति मुख्यमन्त्री बनेको भन्दै चाम्लिङ नेतृत्वको पार्टीले भने उनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छन् ।

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइदिएका थिए ।


गत बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो।

गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा १७ सिट जितेको थियो । सन् २०१४ मा २२ सिट जितेको फ्रन्ट भने यस पटकको चुनावमा १५ सिटमा खुम्चिएको थियो ।

पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर प्रेमसिंहले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए । उनी चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मा एक वर्षसम्म जेल परेका थिए ।

गोलेले यसपटकको विधान सभामा तथा लोकसभामा उम्मेदवार बनेका थिएनन्। उनको निर्वाचन क्षेत्रबाट उनका छोरा आदित्य गोले निर्वाचित भएका छन्।

भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मूख्यमन्त्री बन्न पाउने प्रावधान छ। त्यसै प्रावधान अन्तरगत प्रेमसिंह मूख्यमन्त्री भएका हुन्। यसरी ६ महिनासम्मका लागि मूख्यमन्त्री बन्न पाइन्छ तर ६ महिनाभित्रमा विधानसभामा सदस्य नभए मूख्यमन्त्री पद जान्छ।

उनका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन्।