१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

सांसदहरुको प्रश्न : जताततै बम विस्फोट, यही हो ‘समृद्ध नेपाल सुखी नेपाली ?’

सांसदहरुको प्रश्न : जताततै बम विस्फोट, यही हो ‘समृद्ध नेपाल सुखी नेपाली ?’
अ अ+ अ-

काठमाडौँ । जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै प्रतिनिधिसभाको बैठकमा सरकारको कडा आलोचना भएको छ ।

प्रतिनिधिसभामा आफ्नो धारणा राख्ने क्रममा अधिकांश सांसदहरुले सरकारको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।

सांसदहरुले सरकारलाई निषेधभन्दा पनि वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएका छन् भने नेत्र विक्रम चन्द विप्लव समूहलाई पनि हिंसाको बाटो त्यागेर शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।

सांसद शान्ता चौधरीले अपराधिक संस्कृतिले जनतलाई त्रसित भएको बताइन् । उनले बम आतंकको भत्सर्ना गर्दै विप्लव समूहलाई आतंक होइन सहकार्यको लागि आग्रह गरिन् ।

‘जनताले रगत होइन विकास मागेको छ । आतंक होइन उज्यालो बाँड्नु छ,’ उनले भनिन्, ‘गोल बमबारुदको आतंक बन्द गर्न आग्रह गर्छु । साथै सरकारले पनि उचित कदम चालोस् ।’

सांसद सुजाता परियारले सुरक्षा व्यवस्था कडा छ भनेर सरकारले झुटो आश्वासन मात्र दिएको आरोप लगाइन् । ‘गृहप्रशासन के हेरेर बसिरहेको छ ?,’ उनले भनिन् ।

त्यस्तै, सांसद हिरा गुरुङले बम काण्ड मच्चिरहँदा ‘यही हो समृद्ध नेपाल सुखी नेपाली  ?’ भनेर प्रश्न गरिन् ।

त्यस्तै, सांसद लालकाजी गुरुङले काठमाडौँमा बम विस्फोटका घटनामा जनताले ज्यान गुमाउनु परिरहेको बेला सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे । सरकारले निषेध गर्न खोज्दा यो समस्या उत्पन्न भएको जिकिर थियो । ‘दुई तिहाईको दम्भ देखाउने भन्दा पनि वार्ता र संवादबाट समस्या गर्नुपर्छ,’ उनले पर्छ ।

सांसद सीता देवी यादवले दुई तिहाईको कम्युष्टि सरकार अर्धनिन्द्रा रहेको भन्दै शान्तिको सुरक्षा दिन नसक्ने सरकारसँग के आशा गर्नु ? भन्दै सरकारको आलोचना गरिन् ।