६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको प्रश्न : जताततै बम विस्फोट, यही हो ‘समृद्ध नेपाल सुखी नेपाली ?’



अ+ अ-

काठमाडौँ । जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै प्रतिनिधिसभाको बैठकमा सरकारको कडा आलोचना भएको छ ।

प्रतिनिधिसभामा आफ्नो धारणा राख्ने क्रममा अधिकांश सांसदहरुले सरकारको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।

सांसदहरुले सरकारलाई निषेधभन्दा पनि वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएका छन् भने नेत्र विक्रम चन्द विप्लव समूहलाई पनि हिंसाको बाटो त्यागेर शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।

सांसद शान्ता चौधरीले अपराधिक संस्कृतिले जनतलाई त्रसित भएको बताइन् । उनले बम आतंकको भत्सर्ना गर्दै विप्लव समूहलाई आतंक होइन सहकार्यको लागि आग्रह गरिन् ।

‘जनताले रगत होइन विकास मागेको छ । आतंक होइन उज्यालो बाँड्नु छ,’ उनले भनिन्, ‘गोल बमबारुदको आतंक बन्द गर्न आग्रह गर्छु । साथै सरकारले पनि उचित कदम चालोस् ।’

सांसद सुजाता परियारले सुरक्षा व्यवस्था कडा छ भनेर सरकारले झुटो आश्वासन मात्र दिएको आरोप लगाइन् । ‘गृहप्रशासन के हेरेर बसिरहेको छ ?,’ उनले भनिन् ।

त्यस्तै, सांसद हिरा गुरुङले बम काण्ड मच्चिरहँदा ‘यही हो समृद्ध नेपाल सुखी नेपाली  ?’ भनेर प्रश्न गरिन् ।

त्यस्तै, सांसद लालकाजी गुरुङले काठमाडौँमा बम विस्फोटका घटनामा जनताले ज्यान गुमाउनु परिरहेको बेला सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे । सरकारले निषेध गर्न खोज्दा यो समस्या उत्पन्न भएको जिकिर थियो । ‘दुई तिहाईको दम्भ देखाउने भन्दा पनि वार्ता र संवादबाट समस्या गर्नुपर्छ,’ उनले पर्छ ।

सांसद सीता देवी यादवले दुई तिहाईको कम्युष्टि सरकार अर्धनिन्द्रा रहेको भन्दै शान्तिको सुरक्षा दिन नसक्ने सरकारसँग के आशा गर्नु ? भन्दै सरकारको आलोचना गरिन् ।