६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको जवाफ : बम विस्फोटमा आम नागरिकको होइन विप्लवकै कार्यकर्ताको मृत्यु भएको हो



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए ।

‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले बताए ।

विप्लव समूहको बन्द शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।