६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम आतंक र बन्द हड्ताल त्यागेर विप्लव समूह वार्तामा आउनुपर्छ : प्रचण्ड



अ+ अ-
फाइल फाेटाे

विराटनगर । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक विकास र समृद्धिका लागि अगाडि बढेको अवस्थामा बम आतंक र बन्द हड्ताल गर्नुको औचित्य नभएको बताएका छन् ।

सोमवार विराटनगरमा संचारकर्मीहरुसंग अध्यक्ष दाहालले बम आतंक र बन्द हड्ताल त्यागेर मुलुकको वर्तमान राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय अवस्थाका कारण विप्लव समूहलाई वार्तामा आउनुपर्ने बताए ।

अध्यक्ष दाहालले निर्वाचन ताका भएको समझदारी अनुसार ५ वर्ष सम्म नेकपा नेतृत्वमा सरकार संचालन हुने बताउदै समझदारी अनुसार नै सरकारको नेतृत्व बारे निर्णय हुने बताए ।

मिडिया काउन्सिल बारे सोधिएको प्रश्नमा अध्यक्ष दाहालले पत्रकारहरुले आफैले बनाएको आचारसंहिता पालना गर्ने गरी मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरिने स्पष्ट पारे ।