६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ताको गोली हानी हत्या



अ+ अ-
फाइल फोटो

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ ।

भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उनिमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ ।


गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ ।