५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो निलो टाई लगाएका थिए ।

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी थिए । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएकी थिइन् भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाएकी थिइन् । राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।