६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा पेश गरेको विधेयक फिर्ता हुँदैन्, पारित हुन्छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे।

कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाएका हुन्।

कार्यक्रममा अध्यक्ष दाहालले पत्रकार तथा लेखक सूर्य थापालाई ५० हजार नगदसहितको ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र पत्रकार चन्द्रमान श्रेष्ठलाई २५ हजार नगदसहित ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेका थिए।