६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् अजय देवगनका पिता एवं स्टन्ट



अ+ अ-

मुम्बई । बलिउड अभिनेता अजय देवगनका पिता एवं स्टन्ट मास्टर विरु देवगनको मुम्बईमा निधन भएको छ । विरु देवगन एक चर्चित एक्सन निर्देशक थिए र उनले थुप्रै सुपरहिट फिल्ममा स्टन्ट कोरियाग्राफ गरेका थिए ।

७७ वर्षका विरु देवगनले २७ मेमा मुम्बईमा अन्तिम सास लिए । उनी लामो समयदेखि बिरामी थिए ।

विरु देवगन अस्सीको दशकमा एक्सन र स्टन्टका दुनियाँमा चर्चित नाम थिए । त्यो समय एंग्री योंग म्यान र एक्सन फिल्मको थियो जसमा विरु देवगनले थुप्रै एक्सन दृश्यको निर्देशन गरे । उनले करिब १५० बढी फिल्ममा एक्सन र फाइट सीन कोरियोग्राफ गरेका थिए ।

उनी एक्सन निर्देशनका साथै फिल्म निर्देशन पनि गरिसकेका छन् । उनले सन् १९९९ मा रिलिज भएको फिल्म ‘हिन्दुस्तानकी कसम’ बनाएका थिए ।

घरबाट भागेर गए मुम्बईः

अमृतसरमा जन्मेका विरु देवगन १४ वर्षको उमेरमा घर छोडेर मुम्बई छिरेका थिए । उनी हिरो बन्न चाहन्थे । यसका लागि उनले निकै संघर्ष गरे र मुम्बईमा टिक्नका लागि विभिन्न काम पनि गरे ।

तर जब उनले अभिनयमा सफलता पाउन सकेनन् तब उनले एक्सन निर्देशनको रुपमा काम गर्न सुरु गरे । उनले लाल बादशाह, ईश्क, इंकार, मिस्टर नटवरलाल, क्रान्ति, हिम्मतवाला, शहंशाह, त्रिदेव, बाप नम्बरी बेटा १० नम्बरी, फूल और काँटे, आजका नयाँ अर्जुन, कयामत र खुन भरी मांगजस्ता फिल्ममा एक्सन दृश्यको निर्देशन गरे ।

अजय देवगनको ‘फूल और काँटे’ फिल्ममा दुई बाइकमा सवार हुने एक्सन सीन निकै लोकप्रिय भएको थियो ।

आफू सफल हिरो बन्न नसकेपछि उनले आफ्ना जेठो छोरा अजय देवगनलाई हिरो बनाउने निर्णय गरे ।

यद्यपी, अजय देवगनले कपिल शर्मा शोमा आफूले कहिले पनि अभिनयमा आउनेबारे नसोचेको बताए । उनले असिस्टेन्ट निर्देशकको रुपमा करियरको सुरुवात गरेका थिए । तर पिताले उनी अभिनयमा नै आउनुपर्ने बताएपछि आफूले यसबारे सोच्न सुरु गरेको उनले बताए ।

पिताको केही इच्छा र अजय देवगनको अथाह मेहनतले उनलाई फिल्मी दुनियाँका सुपरस्टार बनायो । यद्यपी, विरु देवगन आफैंले सौरभ, क्रान्ति र सिंघासनजस्ता फिल्ममा अभिनय गरेका थिए ।

विरु देवगनका दुई छोरा अजय र अनिल देवगनसहित दुई छोरी छन् । उनकी श्रीमतीको नाम विणा देवगन हो ।

उनको मृत्युको खबर सार्वजनिक भएलगत्तै सोसल मिडियामा फिल्म जगतसँग जोडिएका व्यक्तित्वले आफ्नो शोक व्यक्त गर्न थाले ।