१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नेविसंघ सडक आन्दोलनमा

मिडिया काउन्सिल विधेयक खारेजीको माग  गर्दै नेविसंघ सडक आन्दोलनमा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए ।

सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता गर्नुपर्ने प्रेस, महंगी नियन्त्रण र सरकारले अधिनायकवादको अनत्य गर्नुपर्ने माग सहित प्रर्दशन गरेका थिए ।

नेविसंघका नेता मोतीलाल भण्डारीले न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप समेत लगाए । उनले अधिनायकवादको अन्त्य नगरे सरकारविरुद्ध सडकमा कडा रुपमा उत्रिने चेतावनी समेत दिए ।

नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेको, निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।