६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा हक्कानी नेटवर्कका चौध लडाकू मारिए



अ+ अ-

काबुल-अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिनु भएको छ ।

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो ।

जारी विज्ञप्तिका अनुसार यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् । यस कारबाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको बताइएको छ ।

यस कारबाहीको हक्कानी नेटवर्क लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।