१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा हक्कानी नेटवर्कका चौध लडाकू मारिए



अ+ अ-

काबुल-अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिनु भएको छ ।

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो ।

जारी विज्ञप्तिका अनुसार यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् । यस कारबाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको बताइएको छ ।

यस कारबाहीको हक्कानी नेटवर्क लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।