६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा जथाभावी चक्कु प्रहार, दुईको मृत्यु, केही घाइते



अ+ अ-

काठमाडौंं । जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।


सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए ।


टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै देखिएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिको मनसाय भने स्पष्ट हुन सकेको छैन ।

निप्पोन मेडिकल स्कुल मुसाशी कोसुगी हस्पिटलका उपनिर्देशक कियोशी मात्सुडाले १२ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।

करिब ५० वर्षका आक्रमणकारीको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार आक्रमणबाट कम्तीमा १६ जना घाइते भएका छन् ।


जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘घटनाप्रति दुःख व्यक्त गर्दै आफूलाई निकै रिस उठेको’ बताए । ‘यो निकै दुःखदायी घटना हो,’ उनले भने, ‘ममृतकहरूप्रति समवेदना प्रकट गर्दै घाइतको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’


स्थानीय व्यक्तिहरूले मृतकफ्रति शोक व्यक्त गर्दै आत्रमणस्थलमा पुष्पगुच्छा राखेका छन् । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
जापानमा मानसिक रोगीहरूको उपचार केन्द्रमा सन् २०१६मा फूर्व कर्मचारीले चक्कुआक्रमण गरी १९ जनाको ज्यान लिएका थिए । आक्रमणका बेला उनले ‘मानसिक रोगीलाई आफूले अन्त्य गर्न चाहेको’ बताएका थिए । सन् २००१ मा ओसाकाको एक प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ८ विद्यार्थीको मृत्यु भएको थियो ।