काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानमन्त्री करारमा आउन हुने मुख्य सचिव किन नहुने ?’
शर्माले प्रदेशका प्रमुख सचिवलाई पनि करारमा राख्नुपर्ने बताएका छन् । उनले करारमा राखेको प्रदेशका प्रमुख सचिवलाई २/३ लाख तलव दिएर पर्फर्मेन्स हेर्न सुझाव दिए
नेता शर्माले कर्मचारीलाई ३० हजार तलब दिएर कार्यक्षमता मूल्यांकन गर्न कठिन भएको बताएका थिए । ‘३० हजार दिएर हुन्न, ५० हजारदेखि १ लाख दिऔं । कम तलब दिँदा अहिले झन् बढी खर्च भएको छ’, उनले भने ।