६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरको रकम हिनामिना गरेको आरोपमा दुई जनाविरुद्द मुद्दा दायर



अ+ अ-

काठमाडौं । जिल्ला समन्वय समितिको कार्यालय तनहुँका प्राविधिक सबइन्जिनियर खगेन्द्र खवास सहित २ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

सबइन्जिनियर खवास र व्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेले तनहुँ जिल्ला स्थित कालिका शहीद शान्ति पार्क निर्माणको लागि आएको रकम हिनामिना गरेको गरेको अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनिहरुले कालिका मन्दिर निर्माण कार्यको सिलसिलामा लागत अनुमान बमोजिमको काम भएको देखाई रकम हिनामिना गरेका हुन् ।