१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

वैदेशिक रोजगारीमा ४३ लाख युवा

वैदेशिक रोजगारीमा ४३ लाख युवा
अ अ+ अ-

काठमाडौं । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै कममात्र रहेको छ । १.५ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत वैदेशिक रोजगारीमा गएका छन् ।

आव २०७५र७६ को फागुन मसान्तसम्म सबैभन्दा बढी युवा रोजगारीका लािग मलेसिया गएका छन् । मलेसियामा ३०.०१, कतारमा २७.४, साउदी अरबमा २०.०२, संयुक्त अरब इमिरेट्स (युएई) १३.१ र अन्य मुलुकमा ९.२ प्रतिशत रहेका छन् ।

आव २०७४र७५ मा तीन लाख ३९ हजार १३८ पुरुष र २२ हजार ८०३ महिला गरी तीन लाख ६१ हजार ९४१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । चालू आवको फागुन मसान्तसम्म एक लाख ५६ हजार ९३ कामदार वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या पछिल्ला वर्षमा घट्दो क्रममा रहेको छ ।

चालू आवको पहिलो आठ महिनाको अवधिमा ५४ हजार ३९ युवा श्रम स्वीकृति लिएर कतार, दुई हजार ७११ मलेसिया, २७ हजार ४१९ साउदी अरेबिया, ४० हजार ८६५ संयुक्त अरब इमिरेट्स र १० हजार ८६ कुवेत गएका छन् । त्यस्तै तीन हजार ११७ बहराइन, एक हजार ७३६ ओमन,दक्षिण कोरिया चार हजार १४२, लेबनान चार, इजराजय ४६, एक हजार सात अफगानिस्तान, ५४७ जापान र १० हजार ३७४ युवा अन्य मुलुक गएका छन् ।

सरकारले संस्थागत रुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लािग खुल्ला गरेको छ । त्यस्तै व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लािग भने १६७ भन्दा बढी देश खुल्ला गरिएको छ । सरकारले ११० मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । हाल लिबिया र इराकमा काम गर्न जान श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको छ ।

नेपाली कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, कतार, कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । आव २०६६र६७ देखि २०७५र७६ फागुन मसान्तसम्म करिब ४५ लाख ४० हजार ९०६ युवाले वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिएका छन् ।

आव २०७५र०७६ को फागुसम्म आव २०७४र०७५ को सोही अवधिको तुलनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको कुल सङ्ख्यामा कमी आएको छ । विगत केही समयदेखि वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य मुलुक मलेसियामा कामदार जान अवरोध भएकाले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।

आव २०७३र७४ मा चार लाख १९ हजार ८१३, आव २०७४र०७५ मा चार लाख १३ हजार ७७१ र चालू आवको फागुन मसान्तसम्म तीन लाख ३२ हजार ४२६ युवाले श्रम स्वीकृति लिएका छन् । सरकारले क्षेत्रगत रुपमा राष्ट्रिय रोजगार नीति, २०७१ र वैदेशिक रोजगार नीति, २०६८ कार्यान्वयनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धिमार्फत सुरक्षित रोजगारीको प्रवद्र्धन, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व अभिवृद्धि गर्ने रणनीतिअनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

सबै नागरिकलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने नीति लिएको छ ।

कामका लागि पारिश्रमिकमार्फत गरीबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्याउने, स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पुर्याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

रोजगारीको सिर्जना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनामा श्रमिकको माग हुने र मागबमोजिमका श्रमिकको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत हुने भई सबै स्थानीय तहमा श्रमको माग र आपूर्तिको औपचारिक संयन्त्रको विकास गरिएको छ ।